August 1st, 2017

१५ प्रतिशत जनसंख्यामा एनसेल फोरजीको पहुँच

थप १० शहरवासीले एनसेलको फोरजी सेवा लिन पाउने भएका छन् । एनसेलले विराटनगर, विर्तामोड, दमक, धरान, भरतपुर, हेटौडा, विरगञ्ज, भैरहवा, बुटवल र नेपालगञ्जमा मंगलबारदेखि फोरजी सेवा विस्तार गरेको छ । यी शहरका वासिन्दाले अब एनसेलको नेटवर्कमा ग्राहकले दु्रतगतिको मोवाइल ब्रोडब्याण्ड सेवा प्रयोग गर्न सक्ने कम्पनीले जनाएको छ । 

एनसेलले यी शहरमा फोरजी सेवा प्रयोग गर्ने ग्राहकलाई योण्डर म्युजिक एपमा ३० दिन सम्म निःशुल्क अनलाईन गीत सुन्न तथा डाउनलोड गर्न सकिने सुविधा समेत प्रदान गरेको जानकारी दिएको छ । 

एनसेलले यस अघि नै  काठमाडौं, ललितपुर, भक्तपुर (नगरकोट सहित), बनेपा, धुलिखेल, पोखरा र दमौलीमा फोरजी सेवा विस्तार गरिसकेको छ । थप १० शहरमा यो सेवा विस्तार भएसँगै एनसेलको फोरजी सेवाको पहुँच अब १५ प्रतिशत जनसंख्यामा पुगेको छ । सन् २०१८ को अन्त्य सम्ममा ४० शहरमा फोरजी सेवा विस्तार गर्ने एनसेलको योजना छ । 
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]