Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

सेयर बजारमा हरियाली, बीमाबाहेक सबै उपसूचक बढे, एक अर्ब नाघ्यो कारोबार

२०७४ श्रावण १६ गते

सोमबार सेयर बजार ९.४१ अंकले बढेर १६५२.६९ अंकमा पुगेको छ । बीमाबाहेक सबै उपसूचक उकालो लागेपछि समग्र बजारमा नै हरियाली छाएको हो । सोमबारको बजारवृद्धिमा होटल, जलविद्युत् र उत्पादनमूलक समूहको ठूलो हात छ । यी समूहहरु क्रमशः १६१.२८, ३१.१२ र ४६.०४ अंकले बढेका छन् । यसबाहेक, बैंकिङ, विकास बैंक, फाइनान्स र अन्य क्रमशः ६.७८, ५.०४, १०.९ र ५.२ अंकले बढेका छन् । बीमा भने ५.२१ अंकले घटेको छ । 

परिसूचक बढेसँगै कारोबामा पनि सुधार आएको छ । सोमबार एक अर्बमाथिको कारोबार भएको छ । दिनभरिमा १५५ वटा कम्पनीको १६ लाख ४८ हजार तीन सय ६२ कित्ता सेयर नौ हजार ८५ पटक खरिदविक्री हुँदा एक अर्ब चार करोड १३ लाख ९७ हजार पाँच सय २५ रुपैयाँको कारोबार भएको छ । 

सानिमा बैंकको साढे चार करोड र नेपाल लाइफको चार करोडमाथिको कारोबार हुँदा प्रभु इन्स्योरेन्सको तीन करोड ९३ लाख र प्राइम लाइफको तीन करोड ६४ लाखको कारोबार भएको छ भने तारागाउँ रिजेन्सी र फर्स्ट माइक्रोफाइनान्सको साढे तीन करोडमाथिको कारोबार भएको छ । राष्ट्रिय बीमा कम्पनी प्रोमोटरको पनि तीन करोडमाथिको कारोबार भएको छ । नेशनल लाइफ स्टान्डर्ड चार्टर्ड बैंक, बैंक अफ काठमाण्डू लगायतको साढे दुई करोडभन्दा बढीको कारोबार भएको छ । 

नेशनल माइक्रोफाइनान्स र तारागाउँ रिजेन्सीका सेयरधनीले ९.९७ प्रतिशतका दरले कमाउँदा हिमालयन डिस्टीलरी, श्री इन्भेष्टमेन्ट फाइनान्स र वरियन्टल होटल्सका सेयरधनीले क्रमशः ९.९५, ९.९१ र ९.८९ प्रतिशतले कमाएका छन् । रिडिी हाइड्रोर कुवेर मर्चेन्ट फाइनान्सका सेयरधनीले ८.२१ प्रतिशतका दरले कमाएका छन् भने रिलायन्स फाइनान्स, फर्स्ट माइक्रोफाइनान्स, सोल्टी होटल लगायतका सेयरधनीले पनि राम्रो कमाइ गरेका छन् ।

काबेली विकास बैंकका सेयरधनीले ६.२५ प्रतिशतले गुमाएका छन् । जेविल्स फाइनान्स, बरुण हाइड्रो, रिलायबल माइक्रोफाइनान्स, सिनर्जी पावर, ललितपूर फाइनान्स, एसियन लाइफ, प्रभु इन्स्योरेन्स, गुराँस लाइफ, ग्रीन डेभलपमेन्ट बैंक लगायतका सेयरधनीले पनि गुमाएका छन् ।