July 31st, 2017

समयमा नै फोरजी सेवा सुरु गर्न सकेन स्मार्टले, थप समयको माग

आइतबार (साउन १५)देखि सुरु हुने भनिएको स्मार्ट टेलिकमको फोरजी सेवा तत्काल सुरु नहुने भएको छ । कम्पनीले आफूले तत्काल फोरजी सेवा सुरु गर्न नसक्ने भन्दै म्याद थपका लागि नियमक निकाय दुरसञ्चार प्राधीकरणमा निवेदन दिएको छ । स्मार्टले सिमित मात्रामा मात्र बिटिएस टावर उपकरण आयात गर्न सकिएको र अझै उपकरण आयात गर्न आवश्यक रहेको भन्दै तोकिएको समयमा सेवा संचालन गर्न नसकिने बताएको छ । फोरजी सुरु गर्नका लागि स्मार्टले दुई महिना समय मागेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]