आइतबार नेप्से परिसूचक ३.२५ अंकले घटेर १६४३.२८ अंकमा कायम भएको छ । बीमा समूह सबैभन्दा धेरै ८१.८८ अंकले घटेको छ । बैंकिङ, जलविद्युत्, फाइनान्स र अन्य समूह क्रमशः ४.४३, ५.९, ०.८१, ०.२९ अंकले घटेका छन् । होटल, विकास बैंक र उत्पादनमूलक समूह क्रमशः ४७.६१, १०.३ र ३१.५३ अंकले बढेका छन् ।
दिनभरिमा १५२ वटा कम्पनीको १७ लाख ७१ हजार चार सय आठ कित्ता सेयर आठ हजार दुई सय ८० पटक खरिदविक्री भएको छ । प्रभु इन्स्योरेन्सको झन्डै नौ करोडको कारोबार हुँदा प्राइम लाइफको पौने छ करोडको कारोबार भएको छ भने बैंक अफ काठमाण्डूको चार करोडको कारोबार भएको छ । नेपाल लाइफ र सानिमा बैंकको तीन करोड तथा फस्र्ट माइक्रोफाइनान्स र लुम्बिनी विकास बैंकको दुई करोडमाथिको कारोबार भएको छ । शिखर इन्स्योरेन्स, स्टान्डर्ड चार्टर्ड बैंक, सगरमाथा इन्स्योरेन्स लगायतको एक करोड ८० लाखमाथिको कारोबार भएको छ ।
नेशनल माइक्रोफाइनान्स, हिमालयन डिस्टीलरी, कुबेर मर्चेन्ट फाइनान्स र तारागाउँ रिजेन्सीका सेयरधनीले धेरै कमाएका छन् । नागबेली लघुवित्त र वोमी माइक्रोफाइनान्सका सेयरधनीले ६ प्रतिशतभन्दा बढीले कमाएका छन् भने प्रभु इन्स्योरेन्स, वरियन्टल होटल्स, नयाँ नेपाल लघुवित्त, सिद्धार्थ इक्विटी वरियन्टेड स्किम लगायतका सेयरधनीले पनि कमाएका छन् ।
प्राइम लाइफका सेयरधनीले सबैभन्दा धेरै ५.९० प्रतिशतका दरले गुमाउँदा सिन्धु विकास बैंक, नेशनल हाइड्रो, एनसीसी बैंक, सेन्ट्रल फाइनान्स, तिनाउ विकास बैंक, पोखरा फाइनानस, एलआईसी नेपाल, एभरेष्ट बैंक सीपी, अपि पावर कम्पनी लगायतका सेयरधनीले पनि कमाएका छन् ।