July 26th, 2017

कृषि विकास बैंकको अध्यक्षमा सेंजुवाल नियुक्त

कृषि बिकास बैंक लिमिटेडको अध्यक्ष पदमा क्षेत्र बहादुर सेंजुवाल नियुक्त भएका छन् । बैंक संचालक समितिको अध्यक्ष पदमा नियुक्त भएका सेंजुवाललाई नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरंजीबि नेपालले सपथ ग्रहण गराएका छन् । उक्त अवसरमा नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणी शर्मा, बैंक नियमन विभागका कार्यकारी निर्देशक नारायण प्रसाद पौडेल र कृषि विकास बैंक लि.का प्रमुख कार्यकारी अधिकृत लिला प्रकाश सिटौला, कम्पनी  सचिव प्रताप सुवेदी तथा कृषि विकास बैंक लि.का प्रबक्ता हिमलाल पौडेल समेतको समेतको उपस्थिती थियो ।     


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]