Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

ग्लोबल आईएमई बैंकसहित चार बैंकको सेयर नेप्सेमा सूचिकृत

२०७४ श्रावण ११ गते

बुधबार नेपाल स्टक एक्सचेञ्जमा विभिन्न चार कम्पनीको ९८ लाख ७९ हजार चार सय ५१ दशमलव ९९ कित्ता सेयर सूचीकृत भएको छ । ग्लोबल आइएमई बैंकको ८३ लाख ७६ हजार आठ सय दुई दशमलव २९ कित्ता सेयर सूचीकृत भएको छ । बैंकको रिलायबल डेभलपमेन्ट बैंकलाई एक्वाएर गरेपछिको सेयर नेप्सेमा सूचीकृत भएको हो ।

त्यस्तै, भार्गव विकास बैंकको दुई लाख ४० हजार कित्ता बोनस सेयर र महाकाली विकास बैंकको एक लाख ३७ हजार छ सय ६२ दशमलव दुई कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएका छन् । त्यस्तै कसमस डेभपलमेन्टलाई एक्वाएर गरेपछिको सांग्रिला डेभलपमेन्टको ११ लाख २४ हजार नौ सय ८७ दशमलव पाँच कित्ता सेयर पनि नेप्सेमा सूचिकृत भएको छ । आगामी सातादेखि यी सेयरको कारोबार सुरु हुनेछ ।