मंगलबारदेखि लुम्बिनी विकास बैंक लिमिटेडको सेयर कारोबार खुलेको छ । भिबोर सोसाइटी डेभलपमेन्ट बैंक र लुम्बिनी फाइनान्स एण्ड लिजिङ्ग कम्पनी गाभिएर बनेको लुम्बिनी मंगलबारदेखि एलबिबिएल कोडमा नेप्सेमा कारोबार सुरु भएको हो । कारोबार सुरु भएको दिन बैंकको सेयरमूल्य ९.५२ प्रतिशतले बढेको छ ।
दुई कम्पनी गाभिए पश्चात बनेको लुम्बिनी विकास बैंकको चुक्ता पुँजी दुई अर्ब ८८ लाख पुगेको छ । साबिकको भिबोरको १०० कित्ता सेयर बराबर लुम्बिनी फाइनान्सको ८० कित्ता सेयर पाउने गरी दुई संस्था मर्ज भएका थिए ।
बैंकको कुल निक्षेप १७ अर्ब, कर्जा १५ अर्ब ५८ करोड पुगेको छ भने देशभर ४९ वटा शाखा संजाल तथा १२ वटा आफ्नै एटिएमबाट २१ जिल्लामा बैंकिङ्ग सेवा सुविधा उपलव्ध हुनेछ ।


