नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको झन्डै ५० लाख कित्ता सेयर नेपाल टक एक्सचेञ्ज (नेप्से)मा सूचिकृत भएको छ । बैंकले एस डेभलपमेन्ट बैंक लिमिटेडलाई प्राप्ति गरेपछिको ४९ लाख ३४ हजार छ सय ६३ दशमलव ६५ कित्ता सेयर नेप्सेमा सूचिकरण गराएको हो ।
नेपाल इन्भेष्टमेन्ट बैंक र एस डेभलपमेन्ट बैंकको एकीकृत कारोबार गत असार २९ गतेदेखि सुरु भएको थियो । इन्भेष्टमेन्टले एसलाई सय बराबर ४१ सेयर स्वाप रेसियोमा खरिद गरेपछि बैंकको चुक्ता पुँजी नौ अर्ब २४ करोड रुपैयाँ पुगेको छ ।


