Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

आरएसडीसी लघुवित्तले पायो दुई सय प्रतिशत हकप्रद जारी गर्ने अनुमति

२०७४ श्रावण ५ गते

आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले दुई सय प्रतिशत अर्थात एक बराबर दुईको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले आरएसडीसीलाई एक सय रुपैयाँ अंकित मूल्यमा २३ करोड रुपैयाँ बराबरको २३ लाख कित्ता हकप्रद सेयर निष्काशन गर्ने अनुमति दिएको हो । 

हाल आरएसडीसी लघुवित्तको चुक्तापुँजी ११ करोड ५० लाख रुपैयाँ रहेको छ । उक्त चुक्तापुँजीको दुई सय प्रतिशत हकप्रद जारी गरेपछि लघुवित्तको चुक्तापुँजी ३४ करोड ५० लाख रुपैयाँ पुग्नेछ । आरएसडीसीको सेयर निष्काशन तथा विक्री प्रबन्धकको जिम्मा एनआईबिएल क्यापिटल मार्केट लिमिटेडले पाएको छ ।