जेविल्स फाइनान्स लिमिटेडले शतप्रतिशत अर्थात एक बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्नका लागि नेपाल धितोपत्र बोर्डमा स्वीकृति प्राप्त गरेको छ । एक सय रुपैयाँ अंकित मूल्यमा २८ करोड ८९ लाख ५६ हजार दुई सय ५० रुपैयाँ बराबरको २८ लाख ८९ हजार पाँच सय ६२ दशमलव ५० कित्ता हकप्रद सेयर निष्काशन गर्नका लागि कम्पनीले बुधबार (साउन ४ गते) धितोपत्र बोर्डको अनुमति पाएको हो ।
हाल जेविल्स फाइनान्सको चुक्तापुँजी २८ करोड ८९ लाख ५६ हजार चार सय रुपैयाँ रहेको छ । शतप्रतिशत हकप्रद जारी गरेपछि जेविल्सको चुक्तापुँजी ५७ करोड ७९ लाख १२ हजार छ सय रुपैयाँ पुग्नेछ । कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धकको जिम्मा सनराइज क्यापिटल लिमिटेडले पाएको छ ।


