Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

माछापुच्छ्रे बैंकको हकप्रद निष्काशन सुरु, जेठ १५ सम्म कायम सेयरधनीले भर्न पाउने

२०७४ श्रावण ५ गते

माछापुच्छ्रे बैंक लिमिटेडले १२ प्रतिशत हकप्रद सेयरको निष्काशन आज (विहीबार)देखि सुरु गरेको छ । बैंकले  एक सय रुपैया अंकित मूल्यमा ७९ करोड १८ लाख ४४ हजार रुपैयाँ बराबरको ७९ लाख १८ हजार चार सय ४० कित्ता हकप्रद सेयर निष्काशन सुरु गरेको हो । 

बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ । बैंकका सेयरधनीले क्यापिटलको नक्सालस्थित कार्यालय तथा माछापुच्छ्रे बैंकका सबै शाखाहरुबाट हकप्रदमा आवेदन गर्न सक्नेछन् । जेठ १५ गतेसम्म कायम सेयरधनीले मात्र माछापुच्छ्रेको हकप्रदमा आवेदन गर्न पाउने छन् ।

हाल बैंकको चुक्ता पुँजी ६ अर्ब ५९ करोड ८७ लाख रुपैयाँ रहेको छ । हकप्रद बिक्री पछि बैंकको चुक्ता पूँजी सात अर्ब ३९ करोड रुपैयाँ नाघ्नेछ ।