Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

दोहोरो अंकको वृद्धिले मंगलबार पनि पायो निरन्तरता, जम्मा १९ कम्पनीका सेयरधनीले गुमाए

२०७४ श्रावण ३ गते

मंगलबार पनि सेयर बजार दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक ३४.२५ अंकको वृद्धिसँगै १६३८.४१ अंकमा पुगेको छ । सबै उपसूचकहरु बढेका छन् । बीमा समूह सबैभन्दा धेरै ४१६.६३ अंकले बढेको छ । बैंकिङ, होटल, विकास बैंक, जलविद्युत्, फाइनान्स, उत्पादनमूलक र अन्य क्रमशः २७.२५, ६१.५२, २५.२, ३८.९९, ५.९५, २०.७२ र ०.५८ अंकले बढेका छन् । 

परिसूचकसँगै कारोबार रकममा पनि उल्लेख्य सुधार आएको छ । लामो समयपछि कारोबार रकमले एक अर्ब पार गरेको छ । दिनभरिमा १५५ वटा कम्पनीको १९ लाख ३५ हजार पाँच सय ९० कित्ता सेयर नौ हजार एक सय ८९ पटक खरिदविक्री हुँदा एक अर्ब १२ करोड १७ लाख ८८ हजार पाँच सय ८९ रुपैयाँको कारोबार भएको छ । 

कुल कारोबारमध्ये, नेपाल लाइफ इन्स्योरेन्सको नौ करोड २९ लाखमाथिको कारोबार भएको छ भने फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सको पाँच करोड ९१ लाख र नेपाल इन्भेष्टमेन्ट बैंक प्रोमोटरको पाँच करोड तीन लाखमाथिको कारोबार भएको छ । नविल बैंक प्रोमोटर र नेशनल लाइफ इन्स्योरेन्सको तीन करोडमाथिको कारोबार हुँदा स्टान्डर्ड चार्टर्ड बैंक, नेपाल इन्स्योरेन्स, नेरुडे लघुवित्त, मुक्तिनाथ विकासक बैंक, जलविद्युत् लगानी तथा विकास कोष लगायतको दुई करोडमाथिको कारोबार भएकोम छ । 

हिमालयन डिस्टीलरीका सेयरधनीले मंगलबार सबैभन्दा धेरै ९.९९ प्रतिशतका दरले आफ्नो सम्पत्ति बढाउँदा एनबि इन्स्योरेन्स, कुबेर मर्चेन्ट फाइनान्स, राष्ट्रिय बीमा कम्पनी र प्रोग्रेसिभ फाइनान्सका सेयरभनीले पनि नौ प्रतिशतभन्दा बढीका दरले कमाएका छन् भने रिलायन्स फाइनान्स, सगरमाथा इन्स्योरेन्स, फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स, जानकी फाइनान्स, राष्ट्रिय बीमा कम्पनी प्रोमोटर लगायतका सेयरधनीले पनि धेरै कमाएका छन् । 

जम्म १९ कम्पनीका सेयरधनीले मात्रै गुमाएका छन् । ओम डेभलपमेन्ट बैंकका सेयरधनीले सबैभन्दा धेरै ९.८५ प्रतिशतका दरले गुमाएका छन् । वल्र्ड मर्चेन्ट बैंकिङ, एनआईबिएल प्रगति फण्ड, विजय लघुवित्त, रिलायबल माइक्रोफाइनान्स, सिन्धु विकास बैंक, जेविल्स फाइनान्स, मिसन डेभलपमेन्ट बैंक, गुहेश्वरी फाइनान्स, सेञ्चुरी बैंक लगायतका सेयरधनीले पनि गुमाएका छन् ।