Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

मुक्तिनाथ विकास बैंकले पायो हकप्रद जारी गर्ने अनुमति, कति पुग्यो चुक्तापुँजी ?

२०७४ श्रावण ३ गते

मुक्तिनाथ विकास बैंक लिमिटेडले ४० प्रतिशत अर्थात १० बराबर चारको अनुपातमा हकप्रद सेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डको स्वीकृति पाएको छ । बैंकले एक सय रुपैयाँ अंकित दरमा ६१ करोड ७० लाख ८६ हजार पाँच सय चार रुपैयाँको ६१ लाख ७० हजार आठ सय ६५ दशमलव ०४ कित्ता हकप्रद जारी गर्न साउन २ गते अनुमति पाएको हो । नयाँ आर्थिक वर्ष सुरु भएपछि हकप्रद निष्काशनको अनुमति पाउने मुक्तिनाथ विकास बैंक पहिलो कम्पनी हो । 

पुँजीवृद्धिको चटारोमा रहेको मुक्तिनाथले अब छिटै नै हकप्रद सेयर निष्काशन गर्नेछ । यसका लागि बैंकले सेयर निष्काशन तथा विक्री प्रबन्धकमा एनआईबिएल क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरिसकेको छ । 

हाल मुक्तिनाथ विकास बैंकको चुक्तापुँजी एक अर्ब ५४ करोड २७ लाख १६ हजार चार सय रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी गरेपछि बैंकको चुक्तापुँजी दुई अर्ब १५ करोड ९८ लाख दुई हजार नौ सय रुपैयाँ पुग्नेछ । अन्य संस्थासँग मर्जर तथा एक्विजिसनमा नगई आफैँ चुक्तापुँजी पुर्याउन कम्मर कसेको बैंकले गत आर्थिक वर्षको कमाईबाट बोनस सेयर जारी गरेर अढाई अर्ब चुक्तापुँजी पुर्याउनेछ ।