Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

हिमालयन पावर पार्टनरको आईपिओ बाँडफाँड भोली, सबै आवेदकले १० कित्ता पाउने

२०७४ श्रावण ३ गते

हिमालयन पावर पाट्नरको आइपिओ साउन ४ गते बुधवार बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक ग्लोवल आइएमई क्यापिटलले बुधवार आइपिओ बाँडफाँट गर्ने तयारी भएको जानकारी दिएको हो । ग्लोवलका अनुसार हिमालयनको आइपिओ बाँडफाँट नयाँ निर्देशिकाले गरेको व्यवस्था अुनसार हुनेछ । नेपाल धितोपत्र बोर्डले जारी गरेको धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिकामा साउन १ गतेदेखि अनिवार्य रूपमा आस्वा प्रणाली लागू भएसँगै धितोपत्र बाँडफाँट गर्दा सवै आवेदकलाई अनिवार्य न्यूनतम १० कित्ता सेयर दिनुपर्ने व्यवस्था छ । 

हिमालयनले असार १ देखि ५ गतेसम्म प्रति कित्ता रू.सय का दरको २१ लाख ३० हजार ८ सय ३४ कित्ता आइपीओ बिक्री खुला गरी आवेदन माग गरेको थियो । जसमा कम्पनीले ४२ हजार ६ सय १७ कित्ता कर्मचारी र १ लाख ६ हजार ५ सय ४२ कित्ता म्युचुुअल फण्डहरुका लागि छुट्याएको छ भने बाँकी १९ लाख ८१ हजार ६ सय ७५ कित्ता सर्वसाधारणका लागि छुट्याएको छ । 

आइपीओमा १ लाख ६५ हजार १ जनाको रू. ८ अर्व ३० करोड ९८ लाख ९ हजार ६ सय बराबरको आवेदन परेको बिक्री प्रबन्धक ग्लोवल आइएमई क्यापिटल लिमिटेडले जनाएको छ । सो आवेदन मध्य आस्व बाट मात्रै १ लाख १३ हजार २ सय २५ जनाले रू. ६ अर्व ५१ करोड ६३ लाख ७७ हजार २ सय बराबरको र परम्परागत सङ्कलन केन्द्रबाट ५१ हजार ७ सय ७६ जनाको रू.१ अर्व ७९ करोड ३४ लाख ३२ हजार ४ सय बराबरको आवेदन परेको बिक्री प्रबन्धक ग्लोवल आइएमई क्यापिटलले जानकारी गराएको छ ।

हिमालयन पावर पाट्नरले रू.१ अर्व ६ करोड ५४ लाख १७ हजार जारी पूँजीको २० प्रतिशत सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको हो । यसअघि कम्पनीले जारी पूँजीको १० प्रतिशत सेयर लमजुङ् जिल्लाका आयोजना प्रभावित स्थानियबासीहरुलाई बिक्री गरिसकेको छ ।