Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

सीबीआईएल हाइड्रो र सामुदायिक लघुवित्तले आईपिओ जारी गर्ने, पाइपलाइनमा थप १६ कम्पनी

२०७४ श्रावण १ गते

सीईडीबी हाइड्रोपावर फण्ड लिमिटेड र सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सेयर निष्काशन गर्ने अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् । सीईडीबीले असार २७ गते र सामुदायिक लघुवित्तले २९ गते बोर्डमा निवेदन दिएका हुन् । 

सीईडीबी हाइड्रोपावरले २२ करोड ८९ लाख ३० हजार रुपैयाँ बराबरको २२ लाख ८९ हजार तीन सय कित्ता आइपीओ जारी गर्ने अनुमति माग गरेको छ । यसका लागि सेयर निष्काशन तथा विक्री प्रबन्धकमा कम्पनीले सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । 

त्यस्तै, सामुदायिक लघुवित्तले तीन करोड रुपैयाँ बराबरको तीन लाख कित्ता सेयर निष्काशन गर्ने अनुमति मागेको छ । यसका लागि कम्पनीले एनएमबि क्यापिटल लिमिटेड र नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडलाई सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरेको छ । 

थप १६ कम्पनीको सेयर पाइपलाइनमा
यी दुई कम्पनीबाहेक, १६ वटा कम्पनीहरु साधारण सेयर जारी गर्नका लागि धितोपत्र बोर्डको अनुमति पर्खेर बसेका छन् । आँखुखोला, गज्रङ उपत्यका, जोशी, सुभम पावर, बुटवल पावर, सान्जेन, रसुवागढी, पञ्चकन्या माई, राधी, लाफिङ बुद्ध र युनिक हाइडेल गरी ११ वटा जलविद्युत् कम्पनीहरु पाइपलाइनमा छन् भने प्रिमियर इन्स्योरेन्स, सर्पोट माइक्रोफाइनान्स, बैंक अफ काठमाण्डू, नेपाल ग्रामीण विकास बैंक र एनएमबि बैंक पनि सेयर जारी गर्नका लागि बोर्डको अनुमतिको पर्खाइमा छन् । पाइपलाइनमा रहेका यी १८ कम्पनीमध्ये, प्रिमियर इन्स्योरेन्स, बुटवल पावर कम्पनी, बैंक अफ काठमाण्डू, नेपाल ग्रामीण विकास बैंक र एनएमबि बैंकले थप नयाँ सेयर अर्थात एफपिओ जारी गर्ने अनुमति मागेका छन् । सबै गरी पाइपलाइनमा पाँच करोड ६२ लाख तीन हजार ८५ कित्ता सेयर रहेका छन् ।