Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

अरुण फाइनान्सले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने

२०७४ असार २८ गते

अरुण फाइनान्सले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । फाइनान्सले शतप्रतिशत अर्थात १ बराबर १ को अनुपातमा हकप्रद सेयर जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो । 

अनुमति पाएसँगै फाइनान्सले प्रतिकित्ता सय रुपैयाँको दरको १५ लाख कित्ता हकप्रद शेयर जारी गर्ने भएको छ । कम्पनीको हकप्रद शेयर बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।
 

Ad