सहयोगी विकास बैंकको बिक्रि नभएको हकप्रद शेयर लिलामी भोली देखी गर्ने भएको छ । यस अघि बिक्री नभएको १६ हजार ३ सय ८६ कित्ता सर्वसाधारण समूहतर्फको शेयर बैंकले बिहीबारदेखी लिलामीमा निष्काशन गर्न लागेको हो । उक्त लिलाम शेयरमा साउन ५ गतेसम्म आवेदन दिन सकिने बिक्री प्रवन्धक सनराइज क्यापिटलले जनाएको छ ।
हाल बैंकको प्रतिशेयर आम्दानी वार्षिक ३९ दशमलव ४१ रुपैयाँ, मूल्य आम्दानीको अनुपात ११ दशमलव शून्य ६ गुणा, प्रतिशेयर नेटवर्थ १७४ दशमलव ३३ रुपैयाँ र तरलता अनुपात १९ दशमलव शून्य ५ प्रतिशत रहेको छ ।


