कन्काई विकास बैङ्क लिमिटेडले साउन ९ गतेदेखि एक बराबर दुई दशमलब १४ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । भदौ ११ गतेसम्म निष्काशन खुला रहने सेयरमा असार १८ गतेसम्म कायम सेयरधनीले आवेदन दिन पाउनेछन् ।
बैंकको सेयर निष्काशन तथा विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । सेयर खरिदका लागि सिद्धार्थ क्यापिटल, कन्काई विकास बैङ्कका शाखा कार्यालयहरु र सिद्धार्थ बैङ्कको शाखा कार्यलयहरुबाट दरखास्त फारम उपलब्ध हुने बैङ्कले प्रकाशित गरेको सुचना मार्फत जानकारी गराएको छ ।
कन्काईले एक सय रुपैयाँ अंकित मूल्यमा ३२ करोड १० लाख रुपैयाँ बराबरको ३२ लाख १० हजार कित्ता हकप्रद जारी गर्नेछ । उक्त हकप्रद सेयर निष्कासनपछि बैङ्कको चुक्ता पूँजी रू. ४७ करोड १० लाख पुग्नेछ ।


