सरकारले अन्तत साउन १ देखि शेयर खरीद बिक्रीमा भ्याट लगाउने भएको छ। आन्तरिक राजस्व विभागले शेयरमा भ्याट लगाउनुपर्ने निष्कर्ष निकालेको हो । भ्याट कार्यान्वयनका लागि आवश्यक पूर्वाधारको अध्ययन सकिएको र भ्याट लाग्ने बताइएको छ । नेपाल स्टक एक्सचेन्ज र केन्द्रीय निक्षेप प्रणालीको सफ्टवेयरबारे पनि अध्ययन भइसकेको छ । विभागका अनुसार शेयरमा भ्याट लाग्ने विषयमा कुनै द्धिविधा छैन, भ्याट लाग्ने निर्णय भइसकेको छ । ब्रोकर कमिसनमा भ्याट नलगाउँदा बेरुजु बढेपछि यो विषयले महत्व पाएको थियो । ब्रोकर नम्बर ५२ र ५३ लाई भ्याट भुक्तानी गर्न पत्राचार भएपछि ब्रोकरहरु आन्दोलनमा उत्रिएका थिए ।
ट्यागहरू: