बुधबार नेप्से परिसुचक नौ दशमलव ७८ अंकले बढेको छ । यसदिन कारोबारमा आएका होटल र उत्पादन तथा प्रशोधन बाहेकका सबै समूह उकालो लागेपछि समग्र बजार बढेको हो । त्यस्तै क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स दुई दशमलव १२ अंकले बढेर ३२९ दशमलव २० को बिन्दुमा पुगेको छ ।
सबैभन्दा बढी बीमा समूह ५० दशमलव ०६ अंकले बढेको छ । त्यस्तै बैंकिङ समूह नौ दशमलव ९४ अंकले, विकास बैंक १४ दशमलव ०८ अंकले, जलविद्युत समूह २० दशमलव २६ अंकले फाइनान्स दुई दशमलव ०८ अंकले र अन्य समूह शुन्य दशमलव ८६ अंकले बढेका छन् ।
परिसुचक बढेसँगै आज कारोबार रकममा पनि वृद्धि देखिएको छ । ३७ करोड ५९ लाखभन्दा बढीको कारोबार भएको बजारमा बुधबार १३८ कम्पनीको ४८ करोड २९ लाख ८४ हजार २९४ रुपैयाँको शेयर किनबेच भएको छ । यो अघिल्लो दिनको तुलनामा १० करोडभन्दा बढी हो ।
आज सबैभन्दा बढी नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको शेयर किनबेच भएको छ । कम्पनीको चार करोड ७९ लाखभन्दा बढीको शेयर किनबेच भएको हो । बुधबारको कारोबारमा सर्वाधिक कमाउनेमा रुलर माइक्रोफाइनान्स डेभलपमेन्ट सेन्टर लिमिटेडका लगानीकर्ता रहेका छन् । कम्पनीको शेयर मूल्य छ दशमलव ६२ अंकले बढेको छ । त्यस्तै आज सर्वा्धिक कमाउनेको सूचीका अधिकांश लघुवित्त कम्पनी परेका छन् । त्यस्तै गुमाउनेमा वल्र्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडका लगानीकर्ता रहेका छन् ।


