Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

तिनाउ विकास बैंकको सेयर लिलामी सुरु, नेरुडेको लिलामी सेयर भर्ने आज अन्तिम

२०७४ असार २० गते

तिनाउ विकास बैंक  लिमिटेडले ले ३१ हजार चार सय ९७ कित्ता हकप्रद सेयर लिलामीमा निकालेको छ । लिलामीबाट बैंकको सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले असार २० देखि असार २७ सम्म आवेदन दिनुपर्ने बैंकले जनाएको छ । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँ वा यो भन्दा बढी भाउ तोकी आवेदन दिन पाउनेछन् । बैंकको ुयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले सिद्धार्थ क्यापिटलबाट गोप्य सिलबन्दीबाट सयरमा आवेदन दिन सक्नेछन् ।

यता, नेरुडे लघुवित्त विकास बैंकले लिलामीमा राखेको एक लाख आठ हजार सात सय ३६ कित्ता सेयर भर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले हकप्रद सयर निष्काशन गर्दा नबिकेको संस्थापक तर्फको ९३ हजार नौ सय ७७ कित्ता र सर्वसाधारण समूह तर्फको १४ हजार सात सय ५९ कित्ता सेयर असार १३ गतेदेखि लिलामीमा राखेको थियो । नेरुडेको लिलामीमा सयर खरिदगर्न इच्छुक लगानीकर्ताले सयर बिक्री प्रबन्धकमा सनराइज क्यापिटलबाट आवेदन दिनसक्ने छन् । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँ वा यो भन्दा बढी भाउ तोकी आवेदन दिन पाउनेछन् ।