Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

डिसहोम पनि अब पब्लिक लिमिटेड, सर्वसाधारणमा सेयर जारी गर्ने

२०७४ असार १९ गते

निजी क्षेत्रको टेलिभिजन सेवा प्रदायक कम्पनी डिसहोमले सर्वसाधारणका लागि सेयर जारी गर्ने भएको छ । प्राईभेट लिमिटेडको रुपमा कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता रहेको डिसहोम अब पब्लिक लिमिटेड कम्पनीमा रुपान्तरण भएको छ । कम्पनीले आईतबार मात्रै कम्पनी रजिष्ट्रारको कार्यालयबाट त्यससम्बन्धी प्रमाण पत्र प्राप्त भएको जनाएको छ ।

नेपाल धितोपत्र बोर्डले प्राईभेट कम्पनीहरुलाई पब्लिक लिमिटेडमा परिवर्तन भएर सर्बसाधारणमा सेयर जारी गर्न प्रोत्साहित गर्नका लागि ल्याएको नीतिअनुरुप डिसहोमले सर्वसाधारणका लागि सेयर जारी तयारी गरेको हो । 

प्रभु समूह, ग्लोबल आईएमई समूह लगायतको लगानी रहेको डिसहोमले देशभर बिनातारे प्रबिधिबाट टेलिभिजन हेर्ने सुबिधा उपलब्ध गराउँदै आएको छ । 

Ad