Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

सामान्य भएपनि बढ्यो नेप्से, कारोबारमा उल्लेख्य गिरावट

२०७४ असार १९ गते

सोमबार सेयर बजार २.४७ अंकले बढेर १५४४.२९ अंकमा पुगेको छ । बैंकिङ र विकास समूहले सोमबारको बजार बढाएका हुन् । यी दुई समूह क्रमशः ६.११ र ६.६८ अंकले बढेका छन् । होटल, जलविद्युत्, फाइनान्स, बीमा, उत्पादनमूलक र अन्य क्रमशः ३७.१, ९.०३, ४.५८, ७.२९, ६.७५ र ३.७६ अंकले घटेका छन् । 

परिसूचक उकालो लागेपनि आइतबारको तुलनामा कारोबार रकम भने उल्लेख्य रुपमा घटेको छ । दिनभरिमा १४५ वटा कम्पनीको आठ लाख ३८ हजार तीन सय ९८ कित्ता सेयर पाँच हजार एक पटक खरिदविक्री हुँदा ४४ करोड ६७ लाख ९५ हजार पाँच सय ४६ रुपैयाँको कारोबार भएको छ । जसमध्ये, नेपाल लाइफ इन्स्योरेन्सको तीन करोड ५७ लाखमाथिको कारोबार भएको छ भने सानिमा र स्टान्डर्ड चार्टर्ड बैंकको दुई करोडमाथिको कारोबार भएको छ । नविल बैंक प्रोमोटर, नेपाल टेलिकम, एनएमबि बैंक प्रोमोटर, हिमालयन जनरल इन्स्योरेन्स, नागरिक लगानी कोष, एनसीसी बैंक, सानिमा माइ हाइड्रो लगायतको एक करोडमाथिको कारोबार भएको छ । 

फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सका सेयरधनीले ९.९९ प्रतिशतका दरले कमाएका छन् । शाइन रेसुंगा डेभलपमेन्ट बैंक, नेशनल माइक्रोफाइनान्स, मञ्जुश्री फाइनान्स, विजय लघुवित्त, मितेरी डेभलपमेन्ट बैंक, रिलायबल माइक्रोफाइनान्स, अरुण भ्याली हाइड्रो, मिथिला लघुवित्त, ङादी ग्रुप पावर लगायतका सेयरधनीले पनि कमाएका छन् । 

आइतबार १० प्रतिशतका दरले कमाएका पोखरा फाइनान्सका सेयरधनीले सोमबार सबैभन्दा धेरै ५.६८ प्रतिशतले गुमाएका छन् भने कञ्चन डेभलपमेन्ट बैंकका सेयरधनीले ५.२८ प्रतिशतका दरले गुमाएका छन् । हिमालयन डिस्टीलरी, तिनाउ विकास बैंक, पूर्णिमा विकास बैंक, राष्ट्रिय बीमा कम्पनी, सानिमा माइ हाइड्रो, गुडविल फाइनान्स, वल्र्ड मर्चेन्ट बैंकिङ, सांग्रिला डेभलपमेन्ट बैंक लगायतका सेयरधनीले पनि गुमाएका छन् ।