पोखरा फाइनान्स लिमिटेडले नौ लाख ८३ हजार छ सय ८२ कित्ता एफपिओ जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । फाइनान्सले प्रतिकित्ता २२० रुपैयाँमा एफपिओ जारी गर्ने अनुमति पाएको हो ।
फाइनान्सले सेयर निष्काशन तथा विक्री प्रबन्धकमा एनआईबिएल क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ । पोखरामा केन्द्रीय कार्यालय रहेको फाइनान्सको चुक्तापुँजी ५५ करोड ७४ लाख रुपैयाँ रहेको छ । एफपिओ जारी गरेपछि कम्पनीको चुक्तापुँजीमा नौ करोड ८३ लाख रुपैयाँ थप हुनेछ ।


