July 3rd, 2017

कम्प्युटर भाइरस के हो ? कसरी हटाउने ? 

अहिले धेरै मान्छेहरु भाइरसले दुःख दिएर हैरान भइरहेका छन् । भाइरसले कम्प्युटरमा भएका फाइल र प्रोगामहरूलाई बिगार्नुका साथै गलत निर्देशन दिन्छ र काममा बाधा पुर्याउँछ । भाइरसले कम्प्युटरमा प्रवेश गरिसकेपछि के काम गर्ने भन्ने कुरा भाइरस निर्माताहरूले पहिल्यै निर्धारण गरेका हुन्छन् र यसले त्यसै अनुसार काम गर्छ ।

पेन ड्राइभ, डिक्स, फ्लपी आदि माध्यमबाट कम्प्युटरमा भाइरसले प्रवेश गर्छ । इन्टरनेटबाट पनि भाइरस सर्ने सम्भावना हुन्छ । अहिले पोर्न साइटबाट बढी भाइरस छिर्न थालेको विज्ञ बताउँछन् । कुनै पनि सामग्री डाउनलोड गर्दा साथमा भाइरस भित्रिन सक्छ । इमेलमार्फत पनि त्यस्ता भाइरसहरू आउन सक्छन् । त्यसैले यी सबैको प्रयोगमा विशेष सावधानी अपनाउनुपर्छ ।

भाइरसको प्रवेशले हाम्रो कम्प्युटर सञ्चालनमा बाधा उत्पन्न हुन्छ । साथै फाइल तथा प्रोगामहरू हराउने डर पनि उत्तिकै हुन्छ । कम्प्युटरमा सुरक्षित गरिएका फाइल र तथ्यांकहरू बिगारिदिने वा हराउने मात्र नभै कम्प्युटर प्रणाली सञ्चालनमै अवरोध सिर्जना गर्ने भएकाले एन्टी भाइरस सफ्टवेयर राख्ने गरिएको छ । भाइरस निर्माताहरूले विभिन्न कारणले भाइरस बनाउँछन् । त्यसैगरी कुनै पनि सफ्टवेयर निर्माणका क्रममा अन्जानमै पनि त्यस्तो भाइरस सिर्जना हुने बताइन्छ । यद्यपि धेरैजसो भाइरस नियोजित रूपमै बनाइने गरेको छ । धेरैजसो भाइरस निश्चित कम्पनी वा संस्थाहरूको डाटाबेसलाई बिगार्न नियोजित रूपमा बनाइएका हुन्छन् । यस्ता भाइरसले कम्प्युटरमा प्रवेश गरेपछि त्यो कम्प्युटरमा भएको फाइल एवं प्रोगाम बिगारी ती फाइललाई पुरानै अवस्थामा ल्याउन भाइरस निर्माताहरूले गैरकानुनी रूपमा मागहरू राख्छन् । त्यसबाहेक सफ्टवेर निर्माताहरूबीचमै पनि एक(अर्काको सफ्टवेयर बिगार्न भाइरस बनाइन्छ ।

विशेष सावधानी अपनाए कम्प्युटरलाई भाइरसको प्रवेशबाट बचाउन सकिन्छ । कम्प्युटरमा एन्टिभाइरस सफ्टवेयर राख्नुपर्छ साथै नियमित रूपमा त्यसलाई अपडेट गर्नुपर्छ । पेनड्राइभ, सिडीमार्फत भाइरस भित्रिने भएकाले तिनलाई खोल्नुभन्दा पहिले स्क्यान गर्नुपर्छ । इन्टरनेट प्रयोग गर्दा विशेष सावधान रहनुपर्छ । 

भाइरसको रोकथाम
मानव शरीर र कम्प्युटर भाइरस, संक्रमणको हिसाबमा केही समान छन् त्यसैले भाईरस संक्रमण पछि त्यसको उपचार गर्नु भन्दा सकेसम्म कम्प्युटरमा भाइरस लाग्न नदिने तर्फ सोच्नु पर्छ । सामान्यतया उल्लेख गरिएका विभिन्न तरिकाबाट भाइरस इन्टरनेट, अर्को कम्प्युटर वा नेटवर्कबाट कम्प्युटरमा प्रवेश गर्ने भएकोले इन्टरनेट चलाउँदा, अन्य पोर्टेवल मिडिया वा मोबाईल फोन आदि कम्प्युटरमा जोड्दा सावधानी अपनाउनु पर्छ । स्थानीय क्षेत्र सञ्जाल वा लोकल एरिया नेटवर्क (ीब्ल्) आदिमा काम गर्दा कम्प्युटरका फायरवाल सक्रिय गराउनु पर्छ। इन्टरनेटको माध्यमबाट सक्रमण हुनसक्ने भाइरसबाट सुरक्षाको लागि, आफ्नो ब्राउजरलाई सधैँ अपडेट गर्ने, वा फायरफक्स, गुगल क्रोम आदि सुरक्षीत व्राउजर प्रयोग गर्ने गर्न सकिन्छ । जुन पायो त्यही पेज खोलेर जहाँ पायो त्यहीं क्लिक गर्ने,डाउनलोड गर्ने कामले भाइरस भित्रिन सक्छ । कुनै पनि सामग्री डाउनलोड गर्दा राम्रोसँग बुझेर विश्वस्त साइटबाट मात्र गर्नुपर्छ । डाउनलोड गरेपछि स्क्यान गरेर मात्र रन गर्दा भाइरसबाट जोगिन सकिन्छ । इमेलमार्फत् पनि भाइरस आउन सक्छ । आफ्नै परिचित साथीको नाममा आएको इमेलमा भाइरस हुनसक्छ । इमेल इनबक्समा परिचित व्यक्तिकै इमेल ठेगाना छ तर नाम आउनुपर्ने ठाउँमा पूरै ठेगाना छ भने त्यो भाइरस हुनसक्छ ।

अनलाइन भाइरस स्क्यान 
म्यानुअल भन्दा केही सजिलो तर कम्प्युटरमा एन्टिभाइरस इन्स्टल नगरी भाइरस हटाउन सकिने यो अर्को विधि हो । यदि तपाई कम्प्युटरमा कुनैपनि एन्टिभाइरस राख्न चाहनुहुन्न वा तपाईँको कम्प्युटरमा एन्टिभाइरस सफ्टवेयर छैन र तपाईँसँग उच्च गतिको इन्टरनेट छ भने तपाई यो विधिबाट पनि कम्प्युटर स्क्यान र भाइरस हटाउन सक्नुहुन्छ । इन्स्टल गरिरहनु नपर्ने भएकोले केही सजिलो भएपनि अनलाइनमा स्क्यान हुनेहुँदा यो विधि कम्प्युटरमै राखिएको एण्टीभाइरस जत्ती छिटो छरितो भने हुँदैन् ।

भाइरसबारे थप जानकारी 
१. ईन्टरनेट नजोडिएको कम्प्युटरमा भाइरस लाग्दैन् ।
२. भाइरस लागेपछि कम्प्युटर कामै नलाग्ने हुनसक्छ ।
३. ईन्टरनेट नभए पनि पेन ड्राइव, सिडि, मोबाइल फोन र कम्प्युटर सँग जोडिएका डिजिटल क्यामरा बाट समेत भाइरस सर्न सक्छन् । 
४. भाइरसले डाटासम्म विगार्न सक्ने भएपनि कम्प्युटर हार्डवेयर भने विगार्न सक्दैन । 
५. फाइल तथा फोल्डरमा भाइरस हुन सक्छन् । 
६. कम्प्युटरका समस्या भाइरसका कारणले मात्रै आउँछन् अधिकांश समयमा कम्प्युटरका समस्या भाइरसका कारण नभएका पनि हुन सक्छन् । 
७. फायरवाल ईनेवल गरेपछि एन्टिभाइरस नहाले नि हुन्छ । 
८. फायरवलाले नेटवर्कबाट छिर्ने केही शंकास्पद गतिविधिको निगरानी गर्ने भएपनि भाइरसबाटै बचाउन सक्दैन् । 
९. प्रायः भाइरस बनाउनेले ठुला ठूला कम्पनी र व्यक्तिका कम्प्युटरलाई मात्रै निसाना बनाउँछन् । 
१०. भाइरस सरुवा रोग जस्तै हो, जुन, जस्तो कम्प्युटरमा पनि लाग्न सक्छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]