Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

पूर्णिमा विकास बैंकको हकप्रद सेयर निष्काशन सुरु

२०७४ असार १९ गते

नेपाल धितोपत्र बोर्डबाट गत जेठ ४ गते हकप्रद निष्काशनको अनुमति पाएको पूर्णिमा विकास बैंक लिमिटेडले आज (असार १९ गते)देखि २५ प्रतिशत अर्थात चार बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन सुरु गरेको छ । साउन २२ गतेसम्म निष्काशन खुला रहने सेयरमा जेठ १५ गतेसम्म कायम सेयरधनीले आवेदन दिने पाउनेछन् । 

बैंकको सेयर निष्काशन तथा विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । बैंकको हकप्रद सयर खरिदको लागि बैंकको प्रधान कार्यालय भैरहवा तथा सम्पुर्ण शाखा, सिद्धार्थ क्यापिटल नारायणचौर नक्साल र सिद्धार्थ बैंकका सबै शाखा कार्यालयबाट आवेदन दिन पाइने जनाइएको छ।

पूर्णिमाले एक सय रुपैयाँ अंकित मूल्यमा आठ करोड ८० लाख ९६ हजार दुई सय ८२ रुपैयाँ बराबरको आठ लाख ८० हजार नौ सय ६२ दशमलव ८२ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । हाल पूर्णिमा विकास बैंकको चुक्तापुँजी ३५ करोड रुपैयाँ छ । २५ प्रतिशत हकप्रद सेयर जारी गरेपछि बैंकको चुक्तापुँजी ४४ करोड रुपैयाँ पुग्नेछ । बैंकले गत आर्थिक वर्षको कमाईबाट आफ्नो सेयरधनीलाई बोनस सेयर वितरण गरिसकेको छ ।