Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

साउन ५ देखि माछापूछ्रे बैंकको हकप्रद निष्काशन, जेठ १५ सम्म कायम सेयरधनीले भर्न पाउने

२०७४ असार १९ गते

माछापुच्छ्रे बैंकले साउन ५ गतेदेखि १२ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ। भदौ ७ गतेसम्म खुला रहने सेयरमा जेठ १५ गतेसम्म कायम सेयरधनीले आवेदन दिन पाउनेछन् । 

बैंकले एक सय रुपैयाँ अंकित दरमा ७९ लाख १८ हजार ४४० कित्ता हकप्रद सयर बिक्री गर्न लागेको हो। बैंकको सेयर निष्काशन तथा बिक्री प्रवन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ। माछापुच्छ्रे बैंकका सम्पुर्ण शाखा एवं एनएमबि क्यापिटल नागपोखरीबाट सयरमा आवेदन दिन सकिने जनाइएको छ। 

बैंकको चैत मसान्तसम्मको चुक्ता पूँजी ६ अर्ब ५९ करोड रुपैयाँ रहेकोमा हकप्रद शेयर निष्काशन पछि ७ अर्ब ३९ करोड रुपैयाँ पुग्नेछ ।