Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

सनराइज बैंकको हकप्रद सेयर भर्ने आज अन्तिम दिन

२०७४ असार १९ गते

सनराइज बैंक लिमिटेडले जेठ १६ गतेदेखि निष्का्न गरेको हकप्रद सेयर भर्ने आज अन्तिम दिन रहेको छ । वैशाख २९ गतेसम्म कायम सेयरधनीले आज साँझ कार्यालय समयसम्ममा आवेदन दिन पाउनेछन् ।

सनराइजले १० बराबर तीनको अनुपातमा हकप्रद सेयर निष्काशन गरेको हो । हकप्रद निष्काशनका लागि बैंकले सेयर निष्काशन तथा विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । इच्छुक सेयरधनीले प्रभु क्यापिटल र सनराइज बैंकका सबै शाखाहरुबाट हकप्रदमा आवेदन दिन सक्नेछन् ।

बैंकले एक सय रुपैयाँ अंकित मूल्यमा एक अर्ब ६३ करोड ५९ लाख ६३ हजार छ सय रुपैयाँ बराबरको एक करोड ६३ लाख ५९ हजार छ सय ३६ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । हाल सनराइजको चुक्तापुँजी पाँच अर्ब ४५ करोड ३२ लाख १५ हजार रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी गरेपछि बैंकको चुक्तापुँजी सात अर्ब आठ करोड ९१ लाख ७९ हजार रुपैयाँ पुग्नेछ ।