Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

६५ प्रतिशत हकप्रद जारी गर्दै मेगा बैंक, धितोपत्र बोर्डमा दियो निवेदन

२०७४ असार १५ गते

मेगा बैंक लिमिटेडले ६५ प्रतिशत हकप्रद सेयर निष्काशन गनृका लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति माग गरेको छ । बैंकले चुक्तापुँजी वृद्धिका लागि उक्त अनुपातमा हकप्रद जारी गर्ने अनुमति माग गर्दै बोर्डमा विहीबार निवेदन दिएको हो । बैंकले यसअघि नै नविल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडलाई हकप्रद साधारण सेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ । 

मेगा बैंकले गत बार्षिक साधारण सभाबाट ६५ प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको थियो । सोही बमोजिम बैंकले छिट्टै प्रतिसेयर एक सय रुपैँयाका दरले २ अर्व ९७ करोड ८५ लाख ३ हजार चार सय ३३ रुपैंया बराबरको २ करोड ९७ लाख ८५ हजार ३४.३३ कित्ता शेयर सेयरधनीहरुलाई निष्काशन गर्न लागेको मेगा बैंकका सिइओ अनिलकेशरी शाहले जानकारी दिए ।

हकप्रद सेयर निस्कासन गरेपछि मेगा बैंकको चुक्तापुँजी साँढे ७ अर्ब भन्दा बढी पुग्नेछ । यसैगरी, चालु आर्थिक बर्षको मुनाफा र हकप्रद सेयरबाट चुक्ता पुँजी ८ अर्ब भन्दा बढी पुग्ने बैंकले जनाएको छ । 

मेगा बैंकको साधारण सभाले बोनस सेयरका लागि लाग्ने कर समेत गरी १३.९५ प्रतिशत लाभांश दिने निर्णय गरेको थियो । सोही अनुसार, मेगा बैंकका सेयरधनीहरुले १३.२५ प्रतिशत बोनस सेयर र त्यसको करका लागि प्रतिसेयर ०.७० प्रतिशत नगद लाभांश प्राप्त गरिससकेका छन् ।