आन्तरिक राजस्व विभागकका महानिर्देशक चुडामणि शर्मासँग अख्तियार दुरुपयोग अनुसन्धान अयोगले ३ अर्ब रुपैयाँ धरौटी मागेको छ । शर्मालाई अख्तियारले जेठ १९ गते पक्राउ गरेको थियो । शर्माले आफू हिरासतमुक्त हुन चाहेका कारण अख्तियारले ३ अर्ब रुपैयाँ धरौटीमा छाड्न सकिने बताएको हो । शर्मा एक महिनादेखि अख्तियारको हिरासतमा छन् । अख्तियारले हालसम्मको सबैभन्दा ठुलो रकम शर्मासँग मागेको हो । अख्तियारले मागेको रकम धरौटी बुझाए उनी हिरासतमुक्त हुन्छन् । तर उनीमाथिको अध्ययन जारी रहने बताइएको छ । उनीमाथि अख्तियारले अनुसन्धान गरिरहेको छ । करिव एकसय फाइलमा ६० अर्ब अनियमितताभेटिएको बताइएको छ । शर्माका करिव एकहजार फाइल अध्ययनका क्रममा छन् ।
ट्यागहरू: