Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

एक्सेल डेभलपमेन्ट बैंकले ५० प्रतिशत हकप्रद निष्काशन गर्ने

२०७४ असार ११ गते

एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले ५० प्रतिशत अर्थात दुई बराबर एकको अनुपातमा हकप्रद सेयर निष्कशन गर्ने भएको छ । हकप्रद निष्काशनको अनुमति माग गर्दै बैंकले नेपाल धितोपत्र बोर्डमा गत असार ४ गते नै निवेदन दिइसकेको छ । 

एक्सेलले एक सय रुपैयाँ अंकित मूल्यमा १९ करोड २२ लाख ८१ हजार दुई सय ५० रुपैयाँ बराबरको १९ लाख २२ हजार आठ सय १२ दशमलव ५० कित्ता सेयर निष्काशन गर्ने अनुमति माग गरेको छ । बैंकले सेयर निष्काशन तथा विक्री प्रबन्धकमा एस क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ । 

हाल एक्सेल डेभलपमेन्ट बैंकको चुक्तापुँजी ३८ करोड ४४ लाख रुपैयाँ छ । हकप्रद जारी गरेपछि बैंकको चुक्तापुँजी ५७ करोड ६६ लाख रुपैयाँ नाघ्नेछ ।