Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

शुभम पावरको छ लाख कित्ता आईपिओ आउँदै

२०७४ असार ९ गते

शुभम पावर लिमिटेडले छ लाख कित्ता साधारण सेयर (आईपिओ) निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि दुई लाख कित्ता र बाँकी चार लाख कित्ता सर्वसाधारण, कर्मचारी तथा सामूहिक लगानी कोषका लागि निष्काशन गर्ने जानकारी दिएको छ । 

कम्पनीको आईपिओलाई इक्रा नेपालले ग्रेड ५ रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको अवस्था औसतभन्दा कमजोर रहेको संकेत गर्छ । 

कम्पनीले करिब १ मेगावाट क्षमताको पिलुवाखोला हाइड्रोइलेक्ट्रिक आयोजना सञ्चालन गरिरहेको छ । कम्पनीमा रिभर फल्स पावर लिमिटेडको ७०.२० प्रतिशत र न्याग्दी ग्रुप पावर नेपालको १२.३० प्रतिशत लगानी रहेको छ । यी दुवै कम्पनीमा प्रवद्र्धक शैलेन्द्र गुरागाईँ र उनीसम्बद्धहरुको लगानी रहेको छ ।