Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

लक्ष्मी बैंकको झन्डै चार लाख कित्ता सेयर लिलामीमा आउँदै

२०७४ असार ९ गते

लक्ष्मी बैंक लिमिटेडले तीन लाख ९४ हजार नौ सय ३९ कित्ता सेयर लिलामीमा निकाल्ने भएको छ । बैंकले बैशाख ३ देखि जेठ ७ सम्म हकप्रद निष्काशन गर्ने क्रममा नबिकेको सर्वसाधारणतर्फको हकप्रद सेयरलाई असार १६ देखि २३ सम्म बोलकबोलका माध्यमबाट विक्री गर्न लागेको हो ।

बैंकले बोलपत्र पेश गर्दा न्युनतम १०० कित्ता र त्यसमाथि १० ले भाग जाने गरि आवेदन दिन सकिने जनाएको छ। बैंकले प्राप्त शिलबन्दी बोलपत्रहरु असार २५ गते लक्ष्मी बैंक हात्तिसारमा खोलिने जनाएको छ। बैंकको नविकेको हकप्रद लिलाम गरि सकेपछि चुक्ता पूँजी ६ अर्ब ३१ करोड रुपैयाँ पुग्नेछ।

साथै बैंकको गत चैतसम्ममा जगेडा कोषमा ४ अर्ब ३२ करोड रुपैयाँ रहेको छ। यसबाट बैंकले बोनश शेयर दिँदा चुक्ता पूँजी राष्ट्र बैंकले तोके बमोजिम आठ अर्ब रुपैयाँ पुग्ने देखिन्छ।