Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

माउन्ट कैलाश इनर्जिले साढे २२ लाख कित्ता सेयर जारी गर्ने

२०७४ जेष्ठ ३१ गते

माउन्ट कैलाश इनर्जि कम्पनी लिमिटेडले सर्वसाधारणका लागि २२ लाख ५० हजार कित्ता सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यमा २२ करोड ५० लाख रुपैयाँ बराबरको सेयर जारी गर्न लागेको हो । 

उक्त सेयर निष्काशनका लागि कम्पनीले सेयर निष्काशन तथा विक्री प्रबन्धकमा एनआईबिएल क्यापिटल मार्केट्स लिमिटेडलाई गरेको छ । माउन्ट कैलाश इनर्जिको तर्फबाट कार्यकारी अध्यक्ष भरत कुमार खड्का र एनआईबिएलको कार्यकारी प्रमुख शिभन्त बहादुर पाण्डेले विक्री प्रबन्धक नियुक्त गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

कम्पनीले मुस्ताङ जिल्लाको टुकुचे गाविसमा १३ दशमलव ६ मेगावाटको थापा खोला जलविद्युत आयोजना निमार्ण गर्दैछ ।