Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

हिमालयन जनरल इन्स्योरेन्सले हकप्रद जारी गर्ने, धितोपत्र बोर्डले दियो स्वीकृति

२०७४ जेष्ठ ३० गते

हिमालयन जनरल इन्स्योरेन्स लिमिटेडले एक बराबर एक दशमलव ६६६७ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको छ । बोर्डले मंगलबार (जेठ ३० गते) कम्पनीलाई हकप्रद निष्काशनको अनुमति दिएको हो । 

हिमालयनले एक सय रुपैयाँ अंकित मूल्यमा ६४ करोड २० लाख रुपैयाँ बराबरको ६४ लाख २० हजार कित्ता हकप्रद जारी गर्नेछ । यसका लागि कम्पनीले सेयर निष्काशन तथा विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । 

हाल हिमालयन इन्स्योरेन्सको चुक्तापुँजी ३८ करोड ५२ लाख एक सय रुपैयाँ रहेको छ । हकप्रद जारी गरेपछि एक अर्ब दुई करोड ७२ लाख रुपैयाँ पुग्नेछ ।