सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको ३६ लाख ८९ हजार दशमलव दुई कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ । बैंकले गत आर्थिक वर्षको कमाईबाट सेयरधनीलाई वितरण गरेको बोनस सेयर मंगलबार नेप्सेमा सूचिकृत गराएको हो ।
सेञ्चुरी बैंकमा नै विलय हुन लागेको इन्नोभेटिभ डेभलपमेन्ट बैंकले पनि गत आर्थिक वर्षको कमाईबाट वितरण गरेको बोनस सेयर मंगलबार नेप्सेमा सूचिकृत गराएको छ । बैंकले छ लाख ३१ हजार आठ सय ३७ दशमलव पाँच कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत गराएको हो ।
अबको सात दिनभित्रमा यी दुई बैंकको सेयर कारोबार सरु हुनेछ ।


