June 12th, 2017

साउन १५ देखि स्मार्टले पनि फोरजी सेवा सुरु गर्दै

आगामी साउन १५ गतेदेखि निजी दूरसञ्चार सेवाप्रदायक स्मार्ट टेलिकमले पनि फोरजी सेवा सुरु गर्ने भएको छ । दूरसञ्चार प्राधिकरणबाट प्रविधि तटस्थताको अनुमतिपत्र प्राप्त गरेको स्मार्टले काठमाडौँबाट फोरजी सेवाको सुरुवात गर्न लागेको जनाएको छ । आगामी असोजसम्ममा पोखरा, चितवन र वीरगञ्जमा र त्यसपछि क्रमशः विराटनगर, भैरहवा, बुटवललगायत ठूला सहरमा समेत फोरजी सेवा विस्तार गर्ने कम्पनीको योजना रहेको छ । स्मार्टको फोरजी सेवा १८ सय ब्याण्डमा रहने छ । हाल कम्पनीसँग १२ मेगाहर्ज फ्रिक्वेन्सी छ । प्राधिकरणको स्वीकृति बमोजिम स्मार्टले ५ मेगाहर्जमा फोरजी सुरु गर्नेछ । 

पश्चिमाञ्चलबाट सेवा गरेको स्मार्टले हाल ४५ भन्दा बढी जिल्लामा नेटवर्क विस्तार गरिसकेको छ । प्राधिकरणको तथ्याङ्कअनुसार हाल कम्पनीले १४ लाख ९३ हजार नौ सय २२ ग्राहकलाई टेलिफोन र एक लाख २० हजार दुई सय २८ जनालाई मोबाइल इन्टरनेट सेवा उपलब्ध गराउँदै आएको छ । 
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]