Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

सेयर बजारमा दोहोरो अंकको गिरावट आउँदा पनि १५ कम्पनीका सेयरधनीले कमाए

२०७४ जेष्ठ २८ गते

यो साता सेयर बजारले दोहोरो अंकको गिरावटबाट सुरु गरेको छ । नेप्से परिसूचक २४.७० अंकले घटेर १५९०.४९ अंकमा कायम भएको छ । होटल र उत्पादनमूलक समूहबाहेक, कारोबार भएका सबै समूह घटेका छन् । सबैभन्दा धेरै बीमा समूह १३८.३३ अंकले घटेको छ । बैंकिङ, विकास बैंक, जलविद्युत्, फाइनान्स र अन्य समूह क्रमशः २५.४३, २०.१, ४५.९३, ७.५२ र १३.०२ अंकले घटेका छन् । होटल र उत्पादनमूलक भने क्रमशः ३०.६८ र १९.०६ अंकले बढेका छन् । 

परिसूचकमा उल्लेख्य गिरावट आएपनि कारोबार रकममा अघिल्लो कारोबारको तुलनामा सुधार आएको छ । दिनभरिमा १४६ वटा कम्पनीको ११ लाख २३ हजार पाँच सय ३२ कित्ता सेयर सात हजार ४६ पटक खरिदविक्री हुँदा ७१ करोड १३ लाख ७२ हजार सात सय ३८ रुपैयाँ पुँजी परिचालन भएको छ । 

स्टान्डर्ड चार्टर्ड बैंकको आइतबार सबैभन्दा धेरै सात करोड ५३ लाख ४६ हजार नौ सय १२ रुपैयाँको कारोबार भएको छ भने एनएमबि बैंक प्रोमोटरको चार करोड ८१ लाख ८२ हजार रुपैयाँको कारोबार भएको छ । नेपाल लाइफ इन्स्योरेन्स, एनएमबि बैंक र एभरेष्ट बैंकको दुई करोडमाथिको कारोबार भएको छ भने गुराँस लाइफ इन्स्योरेन्स, शिखर इन्स्योरेन्स, नेशनल लाइफ इन्स्योरेन्स, एभरेष्ट इन्स्योरेन्स, प्राइम बैंक लगायतको एक करोडमाथिको सेयर कारोबार भएको एभरेष्ट इन्स्योरेन्स, प्राइम बैंक लगायतको एक करोडमाथिको सेयर कारोबार भएको छ । 

जम्मा १५ वटा कम्पनीका सेयरधनीले आइतबार अधिकतम ९.९८ देखि न्युनतम ०.३४८४ प्रतिशतका दरले आफ्नो सम्पत्ति बढाएका छन् । आरएसडीसी लघुवित्तका सेयरधनीले सबैभन्दा धेरै र जनता बैंकका सेयरधनीले सबैभन्दा कम कमाएका हुन् । यसबाहेक, वल्र्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स, फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स, हिमालयन डिस्टीलरी, नेशनल हाइड्रो, बोटलर्स नेपाल, सोल्टी होटल, गुहेश्वरी फाइनान्स, सिन्धु विकास बैंक, बरुण हाइड्रो, अरुण फाइनान्स, काबेली विकास बैंक, अपि पावर कम्पनी र प्रोग्रेसिभ फाइनान्सका सेयरधनीले पनि कमाएका छन् । 

एनएमबि बैंकका प्रोमोटर सेयरधनीले सबैभन्दा धेरै ८.५६ प्रतिशतका दरले गुमाउँदा नेरुडे लघुवित्त, अरुण काबेली पावर, ललितपूर फाइनान्स, एनबि इन्स्योरेन्स, भार्गव विकास बैंक, कञ्चन डेभलपमेन्ट बैंक, एनएलजी इन्स्योरेन्स, सूर्या लाइफ इन्स्योरेन्स, कालिका माइक्रोक्रेडिट लगायतका सेयरधनीले पनि गुमाएका छन् ।