Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

टुरिजम डेभलपमेन्ट बैंकको सात लाख कित्ता सेयर लिलामीमा आउँदै

२०७४ जेष्ठ २८ गते

टुरिजम डेभलपमेन्ट बैंक लिमिटेडले सात लाख चार हजार सात सय ३८ कित्ता सेयर लिलामीमा निकाल्ने भएको छ । बैंकले असार ७ गतेदेखि १५ गतेसम्म शिलबन्दी बोलपब पेश गर्न आह्वान गरेको छ । 

टुरिजमले हकप्रल सेयर निष्काशनको क्रममा नबिकेको संस्थापकतर्फ चार लाख ३८ हजार दुई सय कित्ता र सर्वसाधारण तर्फ दुई लाख ६६ हजार पाँच सय ३७ कित्ता सेयर लिलामीमा निकाल्न लागेको हो । बैंकले गत चैत १३ गते देखि बैशाख २६ सम्म एक कित्ता बराबर एकको अनुपातमा ९१ लाख ९७ हजार सात सय १२ कित्ता सेयर हकप्रद सेयर निष्काशन गरेको थियो ।

बैंकले प्रतिसेयर न्युनतम मुल्य १०० रुपैयाँ र सो भन्दा बढी मुल्यमा बोलकबोल गर्न सक्ने जनाएको छ । खरिदकर्ताले बोलकबोल गर्दा न्युनतम १०० कित्ता र त्यस माथिको लागि दशमलब नआउने अङ्कमा जति पनि आवेदन दिन सक्ने जनाइएको छ । १६ असारमा एनआईबिएल क्यापिटल लाजिम्पाटमा आवेदकहरुको उपस्थितीमा बोलपत्र खोल्ने जनाइएको छ ।