डिप्रोक्स लघुवित्त विकास बैंकले १५ हजार नौ सय ६९ कित्ता सेयर लिलामीमा निकाल्ने भएको छ । लघुवित्तले हकप्रद सेयर निष्काशनको क्रममा नबिकेको सर्वसाधारण समुहतर्फको हकप्रद सेयर लिलाम बढाबढ गरी विक्री गर्न लागेको हो । बैंकले नबिकेको हकप्रद सेयर लिन चाहनेलाई असार ४ देखि ११ भित्र शिलबन्दी बोलपत्रको माध्यमबाट आवेदन दिन आह्वान गरेको छ ।
बैंकले गत चैत ७ गते देखि बैशाख २५ गतेसम्म एक बराबर एकको अनुपातमा २५ लाख ७९ हजार दुई सय ३८ कित्ता हकप्रद सेयर निष्काशन गरेको थियो । बैंकले न्युनतम प्रतिसेयर मुल्य १०० रुपैयाँ वा सो भन्दा बढी मुल्यमा बोलकबोल गर्न आह्वान गरेको हो । बोलपत्र आवेदकले न्यूनतम १०० कित्ता वा सो भन्दा बढीको लागि १० ले भाग जाने गरि अधिकतम १५ हजार ९ सय ६९ कित्ताको लागि आवेदन दिन सक्ने छन् ।
क्यापिटल मार्केट
डिप्रोक्स लघुवित्तको झन्डै १६ हजार कित्ता सेयर लिलामीमा, असार ४ देखि बोलपत्र पेश गर्न सकिने
२०७४ जेष्ठ २८ गते
