Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

सिद्धार्थ बैंकले पुनः १० प्रतिशत हकप्रद जारी गर्ने, असार १८ गते साधारणसभा गर्दै 

२०७४ जेष्ठ २५ गते

३० प्रतिशत हकप्रद सेयर निष्काशन सुरु गरेकै दिन सिद्धार्थ बैंक लिमिटेडले १० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव अघि सार्दै साधारणसभा बोलाएको छ । बैंकले ३० प्रतिशत हकप्रद सेयर जारी गरेपछि कायम हुने चुक्तापुँजीको १० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने निर्णण् पारित गर्नका लागि आगामी असार १८ गते विशेष साधारणसभा डाकेको हो । 

सिद्धार्थ बैंकले राष्ट्र बैंकले दिएको समयमा नै आठ अर्ब चुक्तापुँजी पुर्याउनका लागि पुनः हकप्रद जारी गर्ने प्रस्तव अघि सारेको हो । हाल सिद्धार्थ बैंकको चुक्तापँजी अर्ब २५ करोड रुपैयाँ रहेको छ । ३० प्रतिशत हकप्रदपछि बैंकको चुक्ता पूँजी छ अर्ब ८२ करोड ६१ लाख रुपैयाँ पुग्नेछ । त्यसपश्चात दश प्रतिशत हकप्रद बिक्री गर्दा बैंकको पुँजी साढे सात अर्ब नाघ्ने छ । बाँकी नपुग रकम बैंकले चालु आर्थिक बर्षको बोनसबाट पुर्याउने देखिन्छ ।

साधारणसभामा बैंकले राष्ट्र बैंकको परिपत्र अनुसार बैंकको प्रबन्धपत्र र नियमावलि संशोधनगरी संचालकको संरचना मिलाउने प्रस्ताव पनि गर्नेछ । बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन बाफियामा बैंकमा कम्तिमा पाँच जनादेखि ७ बढीमा सात जनासम्म संचालक रहने व्यवस्था रहेबमोजिम नेपाल राष्ट्र बैंकले तत्काल साधारणसभा डाकेर सञ्चालकको संख्या घटाउन निर्देशन दिएपछि सिद्धार्थ बैंकले साधारणसभा बोलाएको हो ।