प्रभु बैक लिमिटेडले आस्वा सेवावापत एक रुपैयाँ शूल्क लिने भएको छ । नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त गरी गत माघ ५ गतेदेखि आस्वा सेवा प्रदान गर्दै आएको बैंक्ले विहीबारदेखि एक रुपैयाँमा नै आस्वा सेवा दिने घोषणा गरेको हो । बैंकले केन्द्रीय कार्यालयसहित आफ्ना सम्पूर्ण शाखाहरुबाट आस्वा सम्बन्धी सेवा दिँदै आएको छ ।
यस प्रणाली अन्र्तगत धितोपत्र निष्काशन हुँदाका बखत लगानीकर्ताबाट दरखास्त फारम बुझेर निजहरुको प्रभु बैंकमा भएको चल्ती, बचत वा कल खातामा रोक्का राखी दरखास्तको निष्सा दिइनेछ र धितोपत्र बाँडफाँट भएपछि निबेदकको नाममा शेयर बाँडफाँट भए बराबरको रकम मात्र खाताबाट कट्टा गरि बाँकी रकम सोही खातामा फुकुवा गरिनेछ ।
आस्वा सेवा अन्र्तगत यस बैंकका १३४ शाखाहरुबाट दरखास्त लिने व्यवस्था सहित बैक खाता तथा डिम्याट खाता पनि सहजताका साथ खोल्ने व्यवस्था गरिएको छ ।