Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

सिद्धार्थ बैंकको हकप्रद खुल्यो, जेठ १४ गतेसम्म कायम सेयरधनीले भर्न पाउने

२०७४ जेष्ठ २५ गते

सिद्धार्थ बैंक लिमिटेडले आज (जेठ २५ गते)देखि ३० प्रतिशत अर्थात १० बराबर तीनको अनुपातमा हकप्रद सेयर निष्काशन गरेको छ । असार २८ गतेसम्म निष्काशन खुला रहने सेयरमा जेठ १४ गतेसम्म कायम सेयरधनीले आवेदन दिन पाउनेछन् । 

सिद्धार्थले एक सय रुपैयाँ अंकित मूल्यमा एक अर्ब ५७ करोड ५२ लाख ५७ हजार आठ सय १३ रुपैयाँ बराबरको एक करोड ५७ लाख ५२ हजार पाँच सय ७८ दशमलव १३ कित्ता हकप्रद सेयर जारी गर्नेछ । हकप्रद निष्काशनका लागि बैंकले लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरेको छ । इच्छुक सेयरधनीहरुले लक्ष्मी क्यापिटल, सिद्धार्थ क्यापिटल लगायत सिद्धार्थ बैंकका सम्पूर्ण शाखाहरुबाट हकप्रदमा आवेदन दिन सक्नेछन् ।

हाल सिद्धार्थ बैंकको चुक्तापुँजी पाँच अर्ब २५ करोड आठ लाख ५९ हजार पाँच सय रुपैयाँ रहेको छ । ३० प्रतिशत हकप्रद सेयर जारी गरेपछि बैंकको चुक्तापुँजी छ अर्ब ८२ करोड ६१ लाख १७ हजार तीन सय रुपैयाँ पुग्नेछ ।