Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

जेठ मसान्तसम्म कायम सेयरधनीले मात्रै कञ्चन डेभलपमेन्ट बैंकको हकप्रद भर्न पाउने

२०७४ जेष्ठ २३ गते

जेठ मसान्तसम्म कायम सेयरधनीले मात्रै कञ्चन डेभलपमेन्ट बैंकले निष्काशन गर्न लागेको ३० प्रतिशत अर्थात दश बराबर तीनको अनुपातमा हकप्रद सेयर भर्न पाउने भएको छ । नेपाल धितोपत्र बोर्डबाट गत जेठ ७ गते हकप्रद निष्काशनको अनुमति पाएको बैंकले असार १ गतेदेखि सेयरधनी पुस्तिका बन्द गर्ने निर्णय गरेको हो । 

कञ्चन डेभलपमेन्ट बैंकले एक सय रुपैयाँ अंकित मूल्यमा १० करोड ३९ लाख ५० हजार बराबरको १० लाख ३९ हजार पाँच सय कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । यसका लागि बैंकले ग्लोबल आई.एम ई क्यापिटल लिमिटेडलाई सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियूक्त गरिसकेको छ ।

हाल कञ्चन डेभलपमेन्ट बैंकको चूक्तापुँजी ३४ करोड ६५ लाख रुपैयाँ छ । ३० प्रतिशत हकप्रद सेयर जारी गरेपछि बैंकको चूक्तापुँजी ४५ करोड चार लाख ५० हजार रुपैयाँ पुग्नेछ ।