Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

३४.७२ अंकले बढ्यो सेयर बजार, उत्पादनमूलकबाहेक सबै उपसूचक हरियो

२०७४ जेष्ठ २३ गते

मंगलबार सेयर बजार ३४.७२ अंकले बढेर १६३७.३७ अंकमा पुगेको छ । उत्पादनमूलक समूहबाहेक कारोबार भएका सबै समूह बढेका छन् । सबैभन्दा धेरै बीमा समूह १७२.५७ अंकले बढेको छ ।  बैंकिङ, होटल, विकास बैंक, जलविद्युत्, फाइनान्स र अन्य समूह क्रमशः ३५.८२, ६२.४५, ३५.३८, ३५.६८, ७.३१ र १५.६२ अंकले बढेका छन् । उत्पादनमूलक भने १४.०६ अंकले घटेको छ । 

परिसूचकसँगै कारोबार रकम पनि उल्लेख्य रुपमा बढेको छ । दिनभरिमा १४८ वटा कम्पनीको १४ लाख ९६ हजार आठ सय ९३ कित्ता सेयर सात हजार आठ सय १७ पटक खरिदविक्री हुँदा ९१ करोड १६ लाख ८२ हजार १६ रुपैयाँको कारोबार भएको छ । 

सिभिल बैंकको सबैभन्दा धेरै सात करोड २५ लाख ७६ हजार एक सय ६३ रुपैयाँको कारोबार भएको छ भने स्टान्डर्ड चार्टर्ड बैंकको छ करोड ८२ लाख ८० हजार रुपैयाँको कारोबार भएको छ । सिद्धार्थ इन्स्योरेन्सको तीन करोड ९५ लाख र नेपाल लाइफ इन्स्योरेन्सले तीन करोड ३९ लाख रुपैयाँको कारोबार हुँदा हिमालयन जनरल इन्स्योरेन्स, सिद्धार्थ बैंक, मुक्तिनाथ विकास बैंक, छिमेक लघुवित्त र नेपाल इन्भेष्टमेन्ट बैंकको दुई करोडमाथिको कारोबार भएको छ भने एनएमबि बैंकको एक करोड ९८ लाख रुपैयाँको कारोबार भएको छ । 

मिथिला लघुवित्तका सेयरधनीले सबैभन्दा धेरै १० प्रतिशतका दरले आफ्नो सम्पत्ति बढाउँदा आरएसडीसी लघुवित्त, वल्र्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स, सहारा विकास बैंक, महिला सहयात्रा माइक्रोफाइनान्स, विजय लघुवित्त, मिर्मिरे माइक्रोफाइनान्स र एनएमबि बैंकका सेयरधनीले क्रमशः ९.९७, ९.५७, ८.५८, ८.३३, ७.३२, ७.१२ र ६.४५ प्रतिशतका दरले कमाएका छन् । स्वाबलम्बन विकास बैंक, कर्णाली डेभलपमेन्ट बैंक लगायतका सेयरधनीले ५ प्रतिशतभन्दा बढीका दरले कमाएका छन् । 

जम्मा १३ कम्पनीका सेयरधनीले मंगलबार आफ्नो सम्पत्ति गुमाएका छन् । बोटलर्स नेपालका सेयरधनीले सबैभन्दा धेरै २.९२ प्रतिशतका दरले गुमाएका छन् भने नागबेली लघुवित्तका सेयरधनीले सबैभन्दा कम ०.०२९४ प्रतिशतका दरले कमाएका छन् । यसबाहेक, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम, रिडी हाइड्रो, सप्तकोसी डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, अरुण फाइनान्स, सिनर्जी पावर, मञ्जुश्री फाइनान्स, हिमालयन डिस्टीलरी, सिनर्जी फाइनान्स, युनाइटेड मोदी हाइड्रो र सानिमा माइ हाइड्रोका सेयरधनीले पनि गुमाएका छन् ।