Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

असार १ गतेसम्म कायम सेयरधनीले मात्रै गुडविलको हकप्रद भर्न पाउने

२०७४ जेष्ठ २३ गते

असार १ गतेसम्म कायम सेयरधनीले मात्रै गुडविल फाइनान्सले निष्काशन गर्न लागेको हकप्रद सेयर भर्न पाउने भएका छन् । फाइनान्सले हकप्रद प्रयोजनका लागि असार २ गतेदेखि सेयरधनीले पुस्तिका बन्द गर्ने निर्णय गरेको हो । 

गुडविलले १० बराबर छ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागेको हो । हकप्रद निष्काशनका लागि कम्पनीले गत वैशाख २१ गते नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।  

गुडविल फाइनान्सले एक सय रुपैयाँ अंकित मूल्यमा २७ करोड २२ लाख ५० हजार रुपैयाँ बराबरको २७ लाख २२ हजार पाँच सय कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । हकप्रद निष्काशनका लागि गुडविलले एनआईबिएल क्यापिटल मार्केट लिमिटेडलाई सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरेको छ । 

गत आर्थिक वर्षको कमाईबाट २५ प्रतिशत बोनस सेयर वितरण गरेर गुडविलले ४५ करोड ३७ लाख रुपैयाँ चुक्तापुँजी पुर्याएको छ । ६० प्रतिशत हकप्रद सेयर जारी गरेपछि फाइनान्सको चुक्तापुँजी ७२ करोड ६० लाख रुपैयाँ पुग्नेछ ।