आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले दुई सय प्रतिशत अर्थात एक बराबर दुईको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । हकप्रद निष्काशनको अनुमति माग गर्दै लघुवित्तले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । आरएसडीसीले गत जेठ १८ गते बोर्डमा निवेदन दिएको हो ।
आरएसडीसीले एक सय रुपैयाँ अंकित मूल्यमा २३ करोड रुपैयाँ बराबरको २३ लाख कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । यसका लागि कम्पनीले सेयर निष्काशन तथा विक्री प्रबन्धकमा एनआईबिएल क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको छ ।


