तिलोत्तम/बुटवल । बुटवलमा केन्द्रीय कार्यालय रहेको नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक लिमिटेडले एक सय २० प्रतिशत अर्थात एक बराबर एक दशमलव २०को अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । बैंकको सातौ वार्षिक साधारणसभाले हकप्रद सेयर निष्काशन गर्नेसम्बन्धी प्रस्ताव पारित गरेको छ । बैंकले चुक्तापुँजी वृद्धिका लागि हकप्रद सेयर निष्काशन गर्न लागेको हो । साधारणसभाले २०७३ आसार मसान्तको मुनाफाबाट सेयरधनीलाई पाँच दशमलव १५ प्रतिशत बोनश सेयर वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
बैंकले चालु आर्थिक वर्षको चैत मसान्तसम्म एक अर्ब ८० करोड निक्षेप संकलन गरी एक अर्ब ५९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ भने तीन करोड ७६ लाख रुपैयाँ संचालन मुनाफा आर्जन गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत राजन खनालका अनुसार यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा तीन सय ७५ प्रतिशतले बढी हो ।
बैंकका अध्यक्ष पशुपति घिमिरकोे सभापतित्व तथा कम्पनि सचिव भक्तबहादुर खड्काको संचालनमा सम्पन्न उक्त साधारण सभामा अर्थ मन्त्रालयका प्रतिनिधि नारायण भण्डारीले शुभकामना मन्तव्य राखेका थिए ।


