Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

युनियन हाइड्रोको १४ लाख कित्ता सेयर आउँदै

२०७४ जेष्ठ १९ गते

युनियन हाइड्रोपावर लिमिटेडले १४ लाख कित्ता साधारण सेयर निष्काशन गर्ने भएको छ । युनाइटेडले सर्वसाधारणका लागि एक सय रुपैयाँ अंकित मूल्यमा १४ करोड रुपैयाँ बराबरको १४ लाख कित्ता सेयर निष्काशन गर्न लागेको हो ।

लमजुङको फिदिम खोलामा ३.३ मेगावाटको आयोजना निर्माण गरिरहेको युनियन हाइड्रोको सेयरलाई इक्रा नेपालले ग्रेड फाइभ रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको अवस्था सबैभन्दा कमजोर रहेको देखाउँछ ।

युनियनले २० मेगावाट क्षमताको मेवा आयोजना निर्माणका लागि सर्वेक्षण अनुमतिपत्र पाएको छ । कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल लिमिटेड रहेको छ ।