Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

सेवासँग मर्जर प्रक्रियामा रहेको कामनाले पायो हकप्रद जारी गर्ने अनुमति

२०७४ जेष्ठ १९ गते

कामना विकास बैंक लिमिटेडले १० बराबर तीनको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले बैंकलाई विहीबार (जेठ १८ गते) हकप्रद निष्काशनको लागि स्वीकृति प्रदान गरेको हो ।

कामनाले एक सय रुपैयाँ अंकित मूल्यमा २४ करोड १३ लाख १३ हजार सात सय ६० रुपैयाँ बराबरको २४ लाख १३ हजार एक सय ३७ दशमलव ६० कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । यसका लागि बैंकले सेयर निष्काशन तथा विक्री प्रबन्धकमा एनआईबिएल क्यापिटल मार्केट लिमिटेडलाई सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरेको छ । 

हाल कामना विकास बैंकको चुक्तापुँजी ८० करोड ४३ लाख ७९ हजार चार सय रुपैयाँ रहेकोम छ । हकप्रद सेयर जारी गरेपछि बैंकको चुक्तापुँजी एक अर्ब चार करोड ५६ लाख नौ सय ३१ रुपैयाँ पुग्दैछ ।

पुँजीवृद्धिका लागि कामना विकास बैंक र सेवा विकास बैंक एकआपसमा गाभिएर कामना सेवा विकास बैंक बन्दैछन् ।